ताजा अपडेट »

राजावादीहरुले लुटपाट मञ्चाएको कोटेश्वरस्थि भाटभटेनी स्टोर नियमित सञ्चालन

शनिबार, १६ चैत्र २०८१, ०९ : ०५
138 Shares
शनिबार, १६ चैत्र २०८१
138 Shares

काठमाडौं । हिजो राजावादी समूहले निकालेको जुलुसका क्रममा तोडफोड गरिएको कोटेश्वरस्थित भाटभटेनी नियमित सञ्चालनमा आएको छ । सीईओ पानु पौडेलले दिएको जानकारीअनुसार रातभर सरसफाइ गरी बिहानदेखि सञ्चालनमा आएको हो ।

“हामीले राति १२ बजेसम्म सरसफाइ गर्‍यौँ, फुटेका सिसा सफा गर्‍यौँ,” उनले भने, “आज बिहानैदेखि सञ्चालनमा आएको छ । ग्राहकलाई असर नपुगोस् भनेर ध्यान दिएर सरसफाइ गरिएको हो ।” राजवादी समूह एक्कासी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको छ । साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्‍याएको छ ।

क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको पौडेलले जानकारी  दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।