ताजा अपडेट »

शुक्रबार राजावादीहरुले विध्वंश मच्चाएको स्थल निरीक्षणमा गृहमन्त्री लेखक

शनिबार, १६ चैत्र २०८१, ०८ : ५१
38 Shares
शनिबार, १६ चैत्र २०८१
38 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक शुक्रबार राजावादीले तोडफोड, आगजनी गरेका स्थलहरू अवलोकन गर्दै छन् । गृहमन्त्री लेखक अहिले विहान राजावादीहरूले विध्वंस मच्चाएको तीनकुने, सिनामंगल, जडिबुटी, बालकुमारी आसपासका क्षेत्र अवलोकन गर्दै छन् । 

राजावादीहरूले शुक्रबार राजसंस्था फर्काउन हिंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारी कीर्तिपुर–४ का  सविन महर्जन प्रहरीको गोली लागि मारिएका थिए। राजावादीले निजी घरमा लगाएको आगोमा परी एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको मृत्यु  भएको छ ।

राजावादीहरूले सार्वजनिक र निजी गरी १५ वटा सवारीसाधन जलाएका थिए। तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालय तोडफोड आगजनी गरेका थिए। त्यस्तै एकीकृत समाजवादीको कार्यालय आगजनी गरेका थिए। हिंसात्मक प्रदर्शन गरिरहेका राजावादीले सरकारी स्वामित्वको कोटेश्वरको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वस्त बनाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।