ताजा अपडेट »

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर बिरोधसभा गरी मनाउँदै

शनिबार, १६ चैत्र २०८१, ०८ : ४१
60 Shares
शनिबार, १६ चैत्र २०८१
60 Shares

बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्षको स्थापना दिवसमा महासंघले तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर शोकसभा तथा विभिन्न विरोधका कार्यक्रमसहित मनाउँदै छ । यसैबीच स्थापना दिवसको अवसरमा रुपन्देहीमा यसअघि तय गरिएका कार्यक्रम स्थगित गरेर विरोध सभा आयोजना गरिएको छ । काठमाडौंमा शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्युपछि महासंघले देशभर शोक तथा विरोधसभा गरेर स्थापना दिवस मनाउने भएको हो । राजावादी प्रदर्शनकारीहरुले आन्दोलनका क्रममा एक घरमा ढुङ्गामुडढा तथा आगजनी गरेका थिए भने सोही भारको ४ तलामाथिबाट भिडियो खिचिरहेका पत्रकार रजक उक्त आगोमा परी ज्यान गुमाएका थिए । उनी एभिन्युज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत थिए । 

यसैबीच महासंघ रुपन्देही शाखाले पनि आज विहान ११ बजे बिरोधसभाको आयोजना गरेको छ । संघले यसअघि तय गरेको मिडियाकप फुटसल स्थगित गरी बिरोधसभाको आयोजनागरी स्थापना दिवस मनाउने भएको हो । यसअघि तय गरिएको फुटसल प्रतियोगिता भने आइतबारदेखि सञ्चालन गरिने अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।