ताजा अपडेट »

प्रधानमन्त्री कपको उपाधिका लागि आज आर्मी र पुलिस भिड्दै

शनिबार, १६ चैत्र २०८१, ०८ : २८
32 Shares
शनिबार, १६ चैत्र २०८१
32 Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ । आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् भने पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो ।

गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो । सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ ।

आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा चारपटक फाइनलमा पराजित भएको थियो भने एकपटक संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो । पुलिस भने ३ पटक फाइनल पुग्दा तीनपटक नै उपाधि जितेको थियो । पुलिस उपाधि संख्या ४ पुर्‍याउन चाहनेछ भने आर्मी बराबरी गर्न चाहनेछ ।

आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।