ताजा अपडेट »

शुक्रबारको हिंसात्मक आन्दोलनपछि दुर्गा प्रसाई फरार

शनिबार, १६ चैत्र २०८१, ०० : १३
100 Shares
शनिबार, १६ चैत्र २०८१
100 Shares

काठमाडौं । शुक्रबार भएको आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि सम्पर्कविहिन भएका छन् । 

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई फरार रहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि रातिसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको बताए । उनले शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।