ताजा अपडेट »

शुक्रबारको घटना छानविन गर्न गृहमन्त्रालयलाई मन्त्रीपरिषदको निर्देशन

शुक्रबार, १५ चैत्र २०८१, २३ : ४८
78 Shares
शुक्रबार, १५ चैत्र २०८१
78 Shares

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा शुक्रवार भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

शुक्रवार साँझ बसेको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । साथै घटनाको छानबिन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।