काठमाडाैँ । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिल महिना देखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी गराएको हो।
यसअघि स्टुवार्टले अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। २०२४ अक्टोबरमा आईसीसी विश्वकप लिग २ मा नेपालसँग अमेरीका भिड्नु एकदिन अघि उनी अमेरिकीटोलीकाे प्रशिक्षक बाट बाहिरिएका थिए।
अमेरिकन टोलीबाट उनी ७ महिनामै बाहिरिएका हुन। उनले किन अमेरीकन टाेली बिचमै छाडे भन्ने बमरेमा अमेरिकन क्रिकेट बोर्डले प्रस्ट बताएन। उनीसंग केही समय अफगानिस्तानको पनि मुख्य प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ भने उनी श्रीलंकाको पनि अन्तरिम प्रशिक्षक भएर छोटो समय काम गरेका छन्।
स्टुवार्टकै नेतृत्वमा बंगलादेश पहिलो पटक एसियाकपको फाइनलमा पुग्न सफल भएको थियो। तर उनी ९ महिनामै बंगलादेशी टोलीको प्रशिक्षकबाट पनि अलग भएका थिए । त्यसपछि उनी अष्ष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त भए।
२०१७ मा वेस्ट इन्डिजको जिम्मेवारी पाएका उनले त्यसअघि बंगलादेशको यू–१९ टोलीको प्राविधिक सल्लाहकारको रुपमा समेत काम गरेको अनुभव छ।
प्रतिक्रिया