काठमाडौँ । बालुवाटारमा यति खेर मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले समेत जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
राजावादीको आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको छ भने व्यक्तिको नीजि सम्पत्तिमाथि तोडफोड तथा लुटपाट समेत भएको छ । घर, महल, पसल, सरकारी कार्यलय पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
प्रतिक्रिया