ताजा अपडेट »

अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ, नेपाल, तिनाउको पुनर्गठन कार्यक्रम सम्पन्न

शुक्रबार, १५ चैत्र २०८१, २१ : ४६
30 Shares
शुक्रबार, १५ चैत्र २०८१
30 Shares

बुटवल । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ,नेपाल,तिनाउको पुनर्गठन कार्यक्रम शुक्रबार दोभानमा सम्पन्न भएको छ ।

युवा संघ  गाउँ कमिटीको अध्यक्षमा अम्मरबहादुर तरामू सर्वसहमत चयन भएका छन् ।  उनको नेतृत्वमा ६ वटै वडाबाट सदस्य रहेको १८ सदस्यीय नयाँ कार्यसमिति बनेको हो ।

त्यसैगरी अखिल नेपाल महिला संघ, तिनाउको अध्यक्षमा धना थापा चयन भएकी छिन् । उनको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन भएको छ । साथै  उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुुरुङले नेकपा एमालेले सञ्चालन गरिरहेको वडाकेन्द्रीत जरा अभियानको ध्येय,उद्देश्य,क्रियाकलाप र जनताका माझ यसको प्रभावका सन्दर्भमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा  एमाले प्रदेश कमिटी सदस्य एवम् संविधान सभा सदस्य नारायणी घिमिरेले जरा अभियानलाई प्रभावकारी रुपमा अघि बढाउँदै अनेम संघ र राष्ट्रिय युवा संघ,नेपालका ईतिहास,वर्तमान र भविष्यका बारेमा प्रकाश पारेकी थिईन् । महिला र युवाहरुलाई एकीकृत गरि पार्टीले अघि बढाउँदै मिसन ८४ लाई सफल बनाउन सबैसँग उनले आग्रह गरिन् ।

कार्यक्रममा अनेम संघ,पाल्पाकी अध्यक्ष मीना जीसीले महिलाहरुको समृद्धि,सपना र सामर्थ्यका लागि अनेम संघको एकतावद्व प्रयास, गतिशीलता र क्रियाशीलता नै प्रमुख रहेको उल्लेख गरिन् । नेकपा एमाले प्रदेश लेखा कमिटीका सदस्य झपिन्द्र रायमाझीले जनताका घरदैलामा पुगेर जरा अभियानलाई सफल बनाउन अपील गरे ।

राष्ट्रिय युवा संघ,नेपालका केन्द्रीय सचिवालय सदस्य दीपक विकले युवाहरुको एकता र प्रयासले नै नेपालको गणतन्त्रिक आन्दोलन सफल भएको र प्रतिगमनकारी विचारसँग मुकाबिला गर्न फेरि पनि जुर्मुराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपाल, पाल्पा जिल्ला अध्यक्ष कृष्ण कार्की, जिल्ला कमिटी सचिवालय सदस्य गोमा भण्डारी,गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, रामबहादुर थापा, भुवानसिंह चिदी,कृष्ण अर्याल, यमबहादुर चिदी,अम्मरबहादुर तरामू, धना थापा र सावित्रा राना, गुरुङले एमालेको भविष्य नै जनतासँग रहेको कारण जनतानै  जनार्दन भएको उनीहरुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।