ताजा अपडेट »

कान्तिका विद्यार्थीलाई नागरिक सैनिक उत्प्रेरणा कक्षा

शुक्रबार, १५ चैत्र २०८१, २१ : ४०
106 Shares
शुक्रबार, १५ चैत्र २०८१
106 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई नागरिक सैनिक उत्प्रेरणा कक्षा सम्बन्धी तालिम दिइएको छ । शुक्रबार कान्ति (गणेश जनता) एल्मुनाई एसोसियसनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाली सेनाका मेजर जितेन्द्र कट्टेलले सैनिकले गर्ने गतिविधिहरुको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । यस्तै विद्यालयका प्रध्यानाध्यापक गोविन्द्र ज्ञवालीले विद्यार्थीहरुलाई पढाईसँगै विभिन्न समाजका गतिविधिको बारेमा पनि जानकारी गराउनु पर्ने बताए ।  

xW0EZUkz

कार्यक्रम अध्यक्षय गोपाल अधिकारीको अध्यक्षता र महासचिब तिलकराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन विष्णुप्रसाद ज्ञवालीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।