बुटवल । सहकार्य, आपसी विश्वास र सामूहिक विकासको मुल्यमान्यता बोकेको सहकारी अभियानलाई थप मजबुत बनाउने उद्देश्यका साथ संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा आयोजित अन्तर सहकारी रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष श्प्रकाश भट्टाराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचन प्रमुख अतिथि रहेका थिए । सहकारी बैंकका प्रदेश प्रमुख नारायण बेलबासे कार्यक्रमका विशिष्ट अतिथि रहेका थियो भने बिष्णु प्रसाद वोस्ति, दिपक भट्टराई, संगिता धिताल, र दिपक ढकाल अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम संयोजक तथा सञ्चालक वरुण घिमिरे रहनुभएको यस प्रतियोगितामा ११ वटा सहकारी टिमहरूले सहभागिता जनाएका थिए।
हाजिर जवाफ प्रतियोगितामा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रथम, आपसी बचत तथा ऋण सहकारी संस्था द्वितीय र जागृति बहुउद्देशीय सहकारी संस्था तृतीय भए ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि भिम प्रसाद तुलाचनले सहकारीहरूको भूमिका समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन सहकार्यको आवश्यकता रहेको बताए । अध्यक्ष प्रकाश भट्टाराईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी सहकारी संस्थाहरूले यस्ता कार्यक्रमहरू सहकारी बीचको आपसी सम्बन्ध प्रगाढ बनाउने अवसर भएको बताउँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे।
सहकारीका माध्यमबाट आर्थिक सशक्तिकरण र समृद्धिको मार्ग पहिल्याउँदै, राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतिक्रिया