काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको प्रदर्शनमा पचासौं हजार जनताको सहभागितामा भएको दाबी गरेको छ।
समाजवादी मोर्चामा आबद्ध चार दलका अध्यक्षले विज्ञप्ति जारी गर्दै यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको बताएका छन् ।
गृह मन्त्रालयले भने मोर्चाको कार्यक्रममा ३५ हजार सहभागी भएको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौं ।’
अपराधिक तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया