काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् ।
बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् । बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उनले बताए ।
‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उनले भने ।
प्रतिक्रिया