काठमाडाै । काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेका छन्। दिउसो ३:५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन्।
सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफूल, महँगो मूल्यका मदिराहरू लिएर भागेको देखिन्छ। भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनाेद भट्टराईका अनुसार आन्दाेलनकारीकाे भिडबाट आएका केही अराजक व्यक्तिहरूले ताेड फाेड गर्दै भाटभटेनी काेटेश्वरकाे हातामा प्रवेश गरी सामानहरू लुटपाट गरेको बताए । उनका अनुसार के कति लुटिएउकाे छ यकिन नभइसकेको र यकिन गर्ने कार्य भइरहेको बताएका छन् ।
लुटपाटमा संलग्नहरूलाई भाटभटेनीकै सुरक्षाकर्मीले लखेटेको बत्ताइएको छ । राजावादीहरूको आन्दोलन हिंसक बन्दै गएपछि अहिले त्यस क्षेत्र वरपर कर्फयु आदेश जारी गरिएको छ ।
प्रतिक्रिया