ताजा अपडेट »

ओलीबारे प्रचण्ड- हिजो पनि राजावादीहरुसँग मिल्न खोज्थे, अहिले पनि मिलेको हुनसक्छ

शुक्रबार, १५ चैत्र २०८१, १५ : ५६
62 Shares
शुक्रबार, १५ चैत्र २०८१
62 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुले मिलेको आशंका व्यक्त गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारले उल्टो उल्टो काम गरेको देख्दा प्रधानमन्त्री ओली राजावादीसँग मिलेको हुनसक्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘भित्रभित्रै उहाँ, हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो। गणतान्त्रिक आन्दोलन हाम्रो माधवजीको नेतृत्वमा चल्दैगर्दा उहाँ बयलगाढावाला सिद्धान्तको प्रतिपादक हुनुहुन्थ्यो। आउन सक्दैन गणतन्त्र भन्नुहुन्थ्यो, उहाँलाई गणतन्त्रसँग रिस छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।