ताजा अपडेट »

मुख्यमन्त्री सिंहद्वारा राजमार्गका होटल अनुगमन

शुक्रबार, १५ चैत्र २०८१, १३ : ३७
22 Shares
शुक्रबार, १५ चैत्र २०८१
22 Shares

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा जिल्लास्थित राजमार्ग आसपासको रात्रिकालीन होटलको अनुगमन गरेका छन् ।
 
स्थानीय लालगढ बजारमा सञ्चालित होटलमा बासी तथा गुणस्तरहीन खाना खुवाउने गरिएको र खानाको शुल्क महँगो लिने गरेको भन्ने गुनासो आइरहेका सन्दर्भमा मुख्यमन्त्री सिंह नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले बिहीबार राति होटलहरूको अनुगमन गेरको हो । 
 
निजी नम्बरप्लेटको माइक्रोबसमा सादा पोसाकमा खटिएका सुरक्षाकर्मीसहित मुख्यमन्त्री नेतृत्वको उच्चस्तरीय अनुगमन टोलीले यात्रुलाई खाना खुवाएबापत विशेषगरी सार्वजनिक बस तथा माइक्रोबस चालक तथा परिचालकलाई दिइने ‘कमिसन’बापतको रकम र त्यो दिने तरिकालगायत विषयमा होटल सञ्चालकसँग कुराकानी गरेकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
 
त्यसक्रममा सञ्चालकले खाना खाने यात्रुको सङ्ख्याका आधारमा दैनिक, साप्ताहिक, मासिक वा दुवै पक्षबीचको सहमतिअनुसार निश्चित दिनको अन्तरमा ‘कमिसन’ दिनुपर्ने चलन रहेको मुख्यमन्त्री सिंह नेतृत्वको टोलीलाई बताए ।
 
यसअघि जनकपुरधामबाट सुरु भएको होटल अनुगमन कार्यलाई निरन्तरता दिँदै उच्चस्तरीय सो टोली लालगढ पुगेको बताइएको छ । सो अनुगमनका क्रममा अधिकांश होटलका भान्साघर फोहर देखिएको, दालमा दाना नभई बेसार–पानी रहेको, सागसब्जी नकेलाई पकाइएको, माछामासु पकाइएको समय एकिन गर्न नसकिएको तथा होटलमा अत्यधिक भीडका कारण कसले के खाए भन्ने ठम्याउन नसकिने अवस्था रहेकाले नखाएको वस्तुका पैसा तिर्न ग्राहक वाध्य हुनुपरेको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।