ताजा अपडेट »

जनआन्दोलनको झल्को दिनेगरी काठमाडौंमा गणतन्त्रवादीको विशाल प्रर्दशन (फोटोफिचर)

शुक्रबार, १५ चैत्र २०८१, १४ : ५८
68 Shares
शुक्रबार, १५ चैत्र २०८१
68 Shares

काठमाडौँ । काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । कुशासन र गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो ।  विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ । अब र्‍याली जन सभामा परिणत हुनेछ । 

माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकालेको थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकालेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकालेको थियो ।


सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।

1234678

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।