ताजा अपडेट »

तीनकुनेमा राजावादीको अराजकता, व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए

शुक्रबार, १५ चैत्र २०८१, १४ : ३४
136 Shares
शुक्रबार, १५ चैत्र २०८१
136 Shares

काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।