काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युड मापन गरिएको भूकम्पबाट म्यानमार र थाइल्यान्डमा भौतिक क्षतिको तस्बिर सार्वजनिक भएको छ ।
थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन शक्तिशाली भूकम्पबाट भत्कँदा ४३ श्रमिक फसेका छन् । थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तस्बिरहरू : रोयटर्स/एपी/एएफपी/एजेन्सी ।
प्रतिक्रिया