ताजा अपडेट »

भैरहवा, नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३८ डिग्रीमाथि

विहीबार, १४ चैत्र २०८१, २१ : १६
30 Shares
विहीबार, १४ चैत्र २०८१
30 Shares

काठमाडौं । देशभर तापक्रम बढ्दो क्रममा छ । गएको फागुन १७ गते (मार्च १) देखि प्रिमनसुन अवधि सुरु भएयता न्यूनतम र अधिकतम तापक्रम दिनहुँजसो बढिरहेको छ ।

बिहीबार नेपालगञ्ज, भैरहवा र धनगढीको अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार साँझ नेपालगञ्जको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, भैरहवाको ३८.४ र धनगढीको ३८.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३५.२, धनगढीको ३५.५ र भैरहवाको ३५.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै, बिहीबार काठमाडौंको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार भने २७.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।