ताजा अपडेट »

प्रधानमन्त्री कप क्रिकेटः पुलिसद्वारा आर्मीलाई १४९ रनको लक्ष्य

विहीबार, १४ चैत्र २०८१, १४ : ५९
12 Shares
विहीबार, १४ चैत्र २०८१
12 Shares

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणअन्र्तगत अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १४९ रनको लक्ष्य दिएको छ । 

रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाएको हो । पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौक र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाएका छन् । 

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका साहब आलमले चार विकेट लिँदा नरेन साउदले तीन, कुशल मल्ल र भीम सार्कीले समान एक÷एक विकेट लिए ।  

आठ खेल खेलेको पुलिस अहिलेसम्म अविजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको आर्मी सात खेलमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनलमा पुगिसकेको छ । 

आजको खेल जुन समूहले हारे पनि फाइनल समीकरणमा यसको कुनै असर हुने छैन् । यही चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुवै समूहबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।