ताजा अपडेट »

पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु

विहीबार, १४ चैत्र २०८१, ०७ : ०८
226 Shares
विहीबार, १४ चैत्र २०८१
226 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे खोलामा माछा मार्नेक्रममा ढुङ्गाले च्यापिएर एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ–५, चर्चरेका १३ वर्षीय बालक सुरेश रास्कोटीको बुधबार दिउँसो ढुँगाले च्यापिएर मृत्यु भएको हो । 

स्थानीय लालबहादुर रास्कोटीका छोरा छोरा सुरेश दिउँसो ४ बजेको समयमा खोलामा माछा मार्नेक्रममा ढुँगाले च्यापिएका थिए । घटना बारे जानकारी प्राप्त भएलगत्तै त्यहाँ पुगेको प्रहरी टोलीले उद्धार गरी उपचकार लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।