ताजा अपडेट »

बुटवलमा सवारी दुर्घटनामा परि तिलोत्तमाका वडा सदस्य पाठकको मृत्यु

बुधबार, १३ चैत्र २०८१, २१ : ००
1.24K Shares
बुधबार, १३ चैत्र २०८१
1.24K Shares

बुटवल । रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठककाे सडक दुर्घटनामा निधन भएकाे छ। 

तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चाैराहमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर धर्मराज खत्रीले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर खत्रीका अनुसार आज दिउँसो ३:३३ बजे आफैंले चलाएकाे लु ३६प ८४४८ नम्बरको माेटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएकाे हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए। ईभी र ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।