ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक आज ३ बजेदेखि

बुधबार, १३ चैत्र २०८१, १४ : २०
14 Shares
बुधबार, १३ चैत्र २०८१
14 Shares

काठमाडौं । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ । 

सूचनामा भनिएको छ, “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गरेका व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।