ताजा अपडेट »

समाजवादी मोर्चाको बैठक चार बजे

बुधबार, १३ चैत्र २०८१, १३ : २९
22 Shares
बुधबार, १३ चैत्र २०८१
22 Shares

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको नेकपा ९एकीकृत समाजवादी० केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।


समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।


सोही दिन व्यवस्था विरोधीहरुले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।