ताजा अपडेट »

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित

बुधबार, १३ चैत्र २०८१, १२ : ०९
38 Shares
बुधबार, १३ चैत्र २०८१
38 Shares

काठमाडौँ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले सदन सुरु गर्दावित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।

 त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।