ताजा अपडेट »

एएफसी एसियन कप छनोट : मलेसियासँग नेपाल पराजित

बुधबार, १३ चैत्र २०८१, ०७ : २३
60 Shares
बुधबार, १३ चैत्र २०८१
60 Shares

बुटवल । एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १–० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।

खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा नेपालले ३ खेलाडी परिवर्तन गरेको थियो । तर खेलमा मलेसियाको पकड परिवर्तन भएन । ७१ औं मिनेटमा फ्रिकिकमार्फत मलेसियाले अग्रता दोब्बर पार्यो । चलाखीपूर्ण फ्रिकिकमा लाभेर कर्बिन(अंगले फिनिस टच दिएका थिए । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

खेलको ८५ औं मिनेटमा फरवार्ड रेजिन सुब्बाले नेपालका लागि डेब्यु गरे । उनले जिलेस्पीजंग कार्कीको स्थान लिँदै राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्ने अवसर पाए । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५(० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।