ताजा अपडेट »

तिलोत्तमा गोल्ड कप : आजदेखि सेमिफाइनलका खेल, एपीएफ र संकटा भिड्दै

बुधबार, १३ चैत्र २०८१, ०७ : १५
102 Shares
बुधबार, १३ चैत्र २०८१
102 Shares

बुटवल । रुपन्देही जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुँदै छन् । आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) र संकटा क्लबका बीच प्रतिस्पर्धा हुने छ । 

बुटवल–११ देविनगरस्थि एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजेदेखि खेल हुनेछ । मँगलबार भएको खेलमा मच्छिन्द्र एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य सहयोगमा सोमबार जारी प्रतियोगितामा मच्छिन्द्र एफसीले दोस्रो सेमीफाईनलमा चर्च ब्याईज युनाईटेडसँग बिहिबार खेल्ने छ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछ । 

विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।