ताजा अपडेट »

तिलोत्तमा गोल्ड कप : सेमिफाइनल समीकरण पूरा

मंगलबार, १२ चैत्र २०८१, १८ : ४२
120 Shares
मंगलबार, १२ चैत्र २०८१
120 Shares

बुटवल । रुपन्देही जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगितामा मच्छिन्द्र एफसी अन्तिम चारमा स्थान बनाएको छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य सहयोगमा सोमबार जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा अडोर्न गडवा स्पोर्टिङ क्लब भारतलाई १(० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । 

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चनले एकमात्र गोले गरे। अडोर्नका विष्णु क्षेत्रीले वन भर्सेज वनमा मच्छिन्द्रका किपर बिट हुँदा खाली पोष्टमा गोल गर्नबाट चुके। पहिलो हाफ गोलरहित बराबरी खेलेको मच्छिद्रले दोस्रो हाफ आक्रमक खेल्यो । खेलको ९० औँ मिनेटमा राजिव लोक्चनले विजयी गोल गरे। खेलको अतिरिक्त समयमा बिमलले राम्रो अवसर गुमाए । खेलमा मच्छिन्द्रका लोक्चन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए।

मच्छिन्द्र एफसीले दोस्रो सेमीफाईनलमा चर्च ब्याईज युनाईटेडसँग बिहिबार खेल्ने छ। पहिलो सेमीफाईनल खेलमा विभागीय शसस्त्र प्रहरी बलको एपीएफ क्लब र संकटा क्लबका बीचमा बुधबार खेल हुने छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।