ताजा अपडेट »

कुलमान हटाएको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ

मंगलबार, १२ चैत्र २०८१, १६ : ५५
124 Shares
मंगलबार, १२ चैत्र २०८१
124 Shares

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।