ताजा अपडेट »
बालेन-सरकार द्वन्द

सरकारप्रति बलेन थप क्रुद्ध, सबैलाइ टुकुचामा गाड्ने चेतावनी

मंगलबार, १२ चैत्र २०८१, ०६ : २७
106 Shares
मंगलबार, १२ चैत्र २०८१
106 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले यस्ताे आक्रोश व्यक्त गरेका हुन् । उनकाे स्टाटसमा  ८ घन्टामा ५४ हजार बढि प्रतिकृया आएका छन भने २० हजार भन्दा बढि पटक सेयर समेत भएकाे छ ।

Screenshot 2025-03-25 061830

सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’

यसअघि पनि शाहले सिंहदरबारलाई आगो लगाइदिने चेतावनी दिएका थिए । सरकारले लामाे समय देखि महानगरमा कार्यकारी अधिकृत नपठाउदा राष्ट सेवक र्काचारीहरूले तलब समेत पाउन सकेका छैनन् । 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।