ताजा अपडेट »

प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने

सोमबार, ११ चैत्र २०८१, २१ : ०६
36 Shares
सोमबार, ११ चैत्र २०८१
36 Shares

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक बैठकमा सहभागी हुन यही चैत १९ गते थाइल्याण्ड जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री चैत २३ गतेसम्म बैंककमा रहनेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत रहनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।