ताजा अपडेट »

एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

सोमबार, ११ चैत्र २०८१, १६ : २२
54 Shares
सोमबार, ११ चैत्र २०८१
54 Shares

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ ।

सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो । तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले विरोध जनाएको हो । 

हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं । अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन् । अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनि जानकारी गराइन्छ’, सोमबार समितिको तर्फबबाट भरत सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।