ताजा अपडेट »

काश्यप गोत्रीय गङ्गाराम घिमिरे वंशावली विमोचन

आइतबार, १० चैत्र २०८१, १० : ५५
278 Shares
आइतबार, १० चैत्र २०८१
278 Shares

बुटवल। पाल्पाको बराङ्दी मुल थलाे  भएका काश्यप गाेत्रीय गङ्गाराम घिमिरेका सन्तानहरूको वंशावली प्रकाशन गरिएको छ। शनिबार तिलाेत्माकाे काेटीहवामा एक कार्यक्रमको आयोजना गरी वंशावलीको विमोचन गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  वासुदेव घिमिरेले उक्त वंशावलीको विमोचन गरेका हुन । 

565b317f-9348-4bb2-9b3e-a3ad7049a937

गुल्मी जिल्लाको ढाडबाठ बसाइ सरी पाल्पाको  गाेर्खेकाेटमा रहेको शिवालय मन्दिरमा दुई सन्तान सहित बसाइ आएका  गङ्गाराम घिमिरेका सन्तानहरूको वंशावली तगार गरिएको हो । बि.स. १८०९मा  पाल्पाका महाराज गभर्दन सेनले कुश विर्ता स्वरूप पाल्पाको बराङ्दीमा जग्गा प्रदान गरी गंगारामलाइ बसोबास गराइएको बताइएकोछ ।

46ad11ec-69ca-4bd5-bc2f-47643b0d5193

उक्त वंशावली वंशावली  पाल्पा बराङ्दीकाे घिमिरे डाँडमा  वि.स. १९९९ मा जन्मा  जन्म भई ओमसतियाकाे कटैयामा स्थायी बसोबास गरीरहेका देबी प्रसाद घिमिरेले सङ्कलन गरी तयार पारेका हुन  ।   

विमाेचन कार्यक्रममा बाेल्दै सङ्कलक  घिमिरेले  वंशावलीकाे अध्ययन र सङ्कलन एवम् प्रकाशनमा क्रममा सहयाेग गर्नुहुने सबैमा आभार व्यक्त गरेका थिए भने सङ्कलक घिमिरेले प्रकाशीत बंशावफी  आउने पुस्ताकालागि एउटा  राम्री  दस्ताबेजका रूपमा रहने  कुरा  समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा एकसय बढि घिमिरे बन्धुहरूकाे उपस्थितिहरहेकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।