ताजा अपडेट »

भुतुङ छापचौर तराई सम्पर्क समाजद्वारा मानवसेवा आश्रममा सहयोग

शनिबार, ०९ चैत्र २०८१, १९ : ५५
58 Shares
शनिबार, ०९ चैत्र २०८१
58 Shares

बुटवल । भुतुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आककममा भलवारीमा एकदिने भोजन प्रदान गरेको छ ।

मानवीय सेवालाई सिरोपनी गर्दै आफन्तबाट टाढा भएका परिवार बिहीन मानिसहरूलाई  नाना छाना माना आवश्यक भएकाले खाना खुवाउने कार्यक्रम राखीएको समाजका सचिव नाम बहादुर केसीले बताए ।

खाना खुवाउने कार्यक्रम्मा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका अध्यक्ष  क्यापटेन  राजकुमार केसीले भुतुङ छापचौर  तराई सम्पर्क समाजले  आफनो स्थापना कालदेखीनै विभिन्न सामाजिक क्षेत्रमा गाउँको शैक्षिक विकासमा आर्थिक सहयोग आथिक अभावले उपचार नपाएका बिरामीहरूलाई  आर्थिक सहयोग विकास निमार्णमा कामहरूमा सहयोग  विभिन्न अनाथ आककमहरूमा खाद्यान्य नगद सहयोग गर्दै आएको बताए ।

यसपटक समाजले अनाथ असायहरूलाई राम्रोसँग राखिएको मानवसेवा आककमलाई सहयोग गरेको अध्यक्ष केसीको भनाई छ । आफन्तबाट टाढा भएका बिरामी असक्तहरूलाई सेवा गन पाउनु खुसीको कुरा रहेको भन्दै आउने दिनहरूमा थप सहयोगगर्ने अध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष  सुमेदार मन बहादुर थापा उपाध्यक्ष फटिक केसी, सल्लाहाकार बिश्वास ढकाल  लगायतले बोल्दै समाज  समाज भित्र हुने हरेक सामाजिक कुरामा आफनो प्रतिनिधित्व जनाउन जरूरी रहेको  भन्दै आउने दिनमा थप परोपकारी काम गरेर देखाउन जरूरी रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।