बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा विहिवार देखि बुटवलमा शुरु भएको तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घघाटन गरे ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटन मार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं रकम छुट्टयाइएको बताए । शरिरिक स्वास्थ्य र अनुशासनका लागि पनि खेलकुद आवश्यक रहेको भन्दै उनंले बुटवललाई खेलमय बनाउने उद्देश्यले उपमहानगरपालिका आफैंले ५८ वटा बिभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको र केही ठूला प्रतियोगिताहरू अन्य संस्थासँगको सहकार्यमा गरिरहेको बताए ।
बुटवल उपमहानगरपालिकाले खेलकुदलाई बिशेष महत्त्व दिएको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालय तहबाटै खेलकुदको विकास गर्न विद्यालय स्तरीय बिभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको बताए ।
बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पंकज ज्ञवालीको सभापतित्व भएको उद्घघाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार मोहन बिक्रम शाही, संघका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सम्भु भट्टराई लगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आआफ्नो भनाइ राखेका थिए ।
सो अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र बिस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै ८१ बर्षिय खेलाडी कुमार मोहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए ।
विभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा मेन्स सिगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि वुमन्स सिगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहितकप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।
यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतिक्रिया