ताजा अपडेट »

अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो : प्रचण्ड

विहीबार, ०७ चैत्र २०८१, १० : ४८
42 Shares
विहीबार, ०७ चैत्र २०८१
42 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन् ।

‘कयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ उनले लेखेका छन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।