ताजा अपडेट »
सन्दर्भ : विश्व मुख स्वास्थ्य दिवस

मुख तथा दन्त रोग उपचारमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयास

विहीबार, ०७ चैत्र २०८१, ०९ : ४२
188 Shares
विहीबार, ०७ चैत्र २०८१
188 Shares

डा. वर्षा थापा 
जोखिम तत्वहरु समान रहेका र जनस्वास्थ्यमा प्रतक्ष्य असर पार्ने नसर्ने रोगहरु, जस्तै उच्च रक्तचाप, मुटु रोग आदि मध्ये मुख रोग पनि पर्दछ । सोहि कारण विश्व स्वास्थ्य संगठनले नसर्ने रोगबाट हुने जोखिम कम गर्न अघि सारेको कार्ययोजनामा मुख स्वास्थ्य पनि समावेश गरिएको छ । नेपालको तथ्यांक २०१९ अनुरुप १-९ वर्ष उमेर समूहका ५१.२ % जनसंख्यामा दाँत तथा मुख सम्बन्धि समस्या रहेको पाइएको छ । सो अर्थमा कम्तिमा ५० % भन्दा बढी जनसंख्यामा दन्त रोगका बिरामी रहेको प्रक्षेपण गर्न सकिन्छ । यस क्षेत्रमा पनि मुख रोगीको संख्या ठूलो रहेको छ, जुन दैनिक डेन्टल विभागमा आउने बिरामीको संख्याबाट पनि सजिलै अनुमान गर्न सकिन्छ ।

विगतमा २०७५ सालसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा एउटा सानो कोठामा २ ओटा डेन्टल चेयर मार्फत आधारभूत सेवा मात्र प्रदान हुने अवस्था रहेको थियो । लामो समयसम्म सीमित जनशक्तिबाट परिचालित डेन्टल विभागको सेवा पनि पर्याप्त रहन सकेको थिएन । सो अवस्थामा पनि विभागबाट सेवा प्रदान गर्नुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीको योगदान अविस्मरणीय रहेको छ । हाल यस अस्पतालमा १० बेड क्षमताको अत्याधुनिक डेन्टल चेयरसहित प्रादेशिक तहमा सम्पूर्ण उपचार सेवा प्रदान गर्ने बहिरंग बिभागको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल, डेन्टल बिभाग रहेको छ । बिगत पाँच वर्षमा कोभिड महामारीको परिस्थितिमा पनि अस्पतालले निरन्तर आफ्नो सेवा सुचारु राखेर यस क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको थियो । हाल यस क्षेत्रमा सुलभ र गुणस्तरीय दन्त उपचार प्रदान गर्ने स्थानको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल, डेन्टल विभाग स्थापित हुन सफल भएको छ । पछिल्लो समयको परिस्थिति स्मरण गर्दै, हालसम्मका उपलब्धि र अब भविष्यको परिकल्पना कस्तो गर्न सकिन्छ भन्ने कुराहरु निम्न रुपमा रहेका छन् ।

महत्त्वपूर्ण उपलब्धिहरु 

हफ्ताको ५ दिनबाट हफ्ताको ६ दिन नै दैनिक ओ।पी।डी। सेवा सुचारु गरिएको छ । लामो समयदेखि यथास्थितिमा रहेको विभागमा उपचार र उपचार प्रणालीलाई सुधार गरि समयानुकुल बनाइएको छ । आधारभूत सेवा मात्र प्रदान हुने अवस्थालाई परिवर्तन गरि समयानुकूल आधुनिक दन्त उपचार सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । यसैगरी डिजिटल डेन्टल एक्स रे सेवा सुरु गरिएको छ । 

आधुनिक डेन्टल चेयर जडान गरि सोबाट सेवा प्रदान गरिएको छ । डेन्टल बिभागमा अनुहारको शल्यक्रिया लगायत विशेषज्ञ सेवा सञ्चालन गरिएको छ । जुन लुम्बिनी प्रदेश अन्तर्गतको सरकारी अस्पतालमा पहिलो पटक सुरुवात गरिएको हो । अत्यधिक बिरामीको चाँप अनुरुप बिभागलाई बिस्तारित गर्नु पर्ने योजना अगाडि राखी सोही अनुरुप विभिन्न चरणमा अस्पताल प्रमुख लगायत विकास समितिसँगको निरन्तर छलफल पश्चात डेन्टल बिभागलाई १० बेड क्षमतामा विस्तार गरिएको छ । 

बिभागलाई बिस्तारित गर्न आवश्यक स्थान लगायत  Floor planning and designing मा निरन्तर रुपमा कार्य गरि खाका तयार पार्ने कार्य भएका छन् । वीर अस्पतालपछि पहिलोपटक लुम्बिनी प्रादेशिक अस्पतालबाट OPG/CBCT (अनुहार को CT स्क्यान सेवा) सेवा डेन्टल बिभाग सुचारु गर्न सफल भएको छ । बिभागबाट विशिष्टिकृत सेवा प्रदान गर्न आवश्यक आधारभूत जनशक्तिको अनुरुप इल्ः कगचखभथ को लागि बिभागको तर्फबाट सुझाब पेश गरिएको छ । 

प्रमुख समस्याहरु:
- मुख तथा दाँत रोग अझै पनि स्वास्थ्य र बजेटको प्राथमिकता मा पर्न नसकेको अवस्थामा यस अस्पतालमा पनि विभागलाई बिस्तारित गर्न आवश्यक आर्थिक श्रोत एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ । 
- ओ.टी. र डेन्टल वार्डका लागि आवश्यक जनशक्ति, विशेषग्य चिकित्सक लगायत सहयोगीको आवश्यकता रहेको छ । 
- डेन्टल उपकरणमाको मरम्मतका निम्ति आवश्यक जनशक्तिको अभाव रहेको छ । 
- विभागमा आवश्यक जनशक्तिको अभाव रहेको छ । 
- बिरामीको संख्या अनुरुप विभागको क्षमता अझै पर्याप्त रहेको छैन । 

समस्या समाधानका उपायहरु :
- प्रदेशको गौरव योजना अन्तर्गत बन्दै गरेको अस्पतालमा सम्पूर्ण विशिस्टिकृत दन्त(विधा सहितको डेन्टल विभागको अवधारणा प्रदेश सरकार समक्ष बजेटको लागि प्रस्तावना गरि आर्थिक श्रोत सुनिस्चित गर्न सकिन्छ । 
- सेवा विस्तारसँगै बिस्तारित अस्पताल सेवाबाट बिरामीको चाँपको समस्या समाधान हुनसक्छ । 
- आवश्यक थप जनशक्तिको व्यवस्थापन गर्नुपर्नेछ । 
- सुरु गरिएको विद्युतीय भुक्तानी प्रणालीलाई थप विस्तार गर्नुपर्नेछ । 
- डिजिटल प्रविधिको प्रयोग मार्फत सेवालाई छिटो छरितो र झन्झट मुक्त गर्न सकिन्छ । 
- नवीनतम प्रविधिको प्रयोगबाट सेवा विस्तार गरि यसलाई थप प्रभावकारी बनाउन सकिन्छ । 

(पछिल्लो २०७७-२०८१ सालसम्मको डेन्टल विभागमा आउने बिरामीको संख्या)

विगत पांच वर्षको तथ्यांक अनुरुप अस्पतालको डेन्टल विभागमा आउने बिरामीको चाँप बढ्दो क्रममा नै रहेको हुनाले आगामी दिनमा सोहि अनुरुप प्रक्ष्येपण गरी योजना बनाउन आवश्यक रहेको देखिन्छ । बिरामीको अस्पताल र विभागप्रतिको विश्वास अनुरुप समय अनुसार सेवा सुविधा थप गर्नु अपरिहार्य रहेको छ । जसप्रति अस्पताल र प्रदेश सरकार निकै सजक पनि रहेको छ । हालसम्मको उपलब्धिलाई सुनिश्चित गर्दै भविष्यमा पनि एवं प्रकारले सेवा विस्तार गर्दै जाने कुरामा कुनै दुर्इमत नरहेको विषयमा अस्पताल स्पस्ट रहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभागमा कार्यरत जनशक्ति :

डा. वर्षा थापा, विभाग प्रमुख, प्रमुख कन्सटेन्ट डेन्टल सर्जन, एघारौ तह

डा. नारायण पोख्रेल, कन्सल्टेन्ट अर्थोडोन्टिस्ट

डा. रिचा भडेल, कन्सल्टेन्ट प्रोस्थोडोन्टिस्ट

सुधा पोख्रेल, डेन्टल हाईजिनिस्ट

छात्रवृति करार :

डा. सम्राट पहारी

डा. सूचना अधिकारी

डा. सम्झना महर्जन

डा. बिशाल भट्टराई

डा. आकाश गिरि

कार्यलाय सहयोगी स् यम कला खड्का, राधिका जी.सी.

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।