ताजा अपडेट »

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

बुधबार, ०६ चैत्र २०८१, २१ : ०५
12 Shares
बुधबार, ०६ चैत्र २०८१
12 Shares

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन् । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् ।  

“विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भने , “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गरेका छन् । उनले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरे ।  “पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भने, “परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्र्तीण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।”

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभएको छ ।
(((

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।