काठमाडौं । सातजना सीडीओसहित गृहमन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् ।
कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।
प्रतिक्रिया