ताजा अपडेट »

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे क्षमायाचना

बुधबार, ०६ चैत्र २०८१, ११ : ३२
24 Shares
बुधबार, ०६ चैत्र २०८१
24 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन् । उक्त दिन  प्रमुख सचेतक घिमिरेले  यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । 

उक्त अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस  र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गरे । मेरा विचारले “सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उनिहरुको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु”, सांसद घिमिरेले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।