ताजा अपडेट »

अवैध २५ करोड बरामद घटनाको छानबिन गर्न विशेष समिति बनाउन मा‌ओवादीको माग

बुधबार, ०६ चैत्र २०८१, ११ : ३९
24 Shares
बुधबार, ०६ चैत्र २०८१
24 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

“यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,” उनले भने । 

सांसद सापकोटाले उपल्लो तहसँगको ुकनेक्सनुबिना यस्ता घटना हुन नसक्ने बताए । “यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,” उनले भने ।

उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए । “यो सरकार सुशासनप्रति इमान्दार छैन । सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ । यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,” उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।