बुटवल । रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु संयुक्त प्यानल विजयी भएको छ । सम्पन्न निर्वाचनबाट विज्ञान पाण्डेय अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिनेश पन्थीका अनुसार अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले ३१३ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाल विद्यार्थी संघका मौसम थापा मगरले २५२ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रबाट उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत प्राप्त गरेका थिए, ८७२ मतदाता रहेको रामापुर क्याम्पसमा ६९६ मत खसेको थियो । सचिवमा अखिल संयुक्त प्यानलका हिमनारायण पौडेलले ३३३ मत पाएर विजयी भए । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा भइन् भने सदस्यहरुमा अखिल संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । जसमा सन्दिका बन्जाडे, अमृत विक, अमित थारु, आशिका काफ्ले र मयंक कार्की रहेका छन् ।
यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन प्यानल विजयी भएको छ ।
अध्यक्ष पदमा संयुक्त प्यानलका जीवनकुमार धवलले २८५ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियु र जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानलका राजेश यादवले १३५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामजी आचार्यले जनाएका छन् ।
५०३ मतदाता रहेको क्याम्पसमा ४२४ मत खसेको थियो । सचिवमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका मनोज थापा २७२ मत पाएर विजयी हुंदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलका सन्दीप कुर्मीले १४१ मत पाए ।
कोषाध्यक्षमा नेविसंघ-अखिल क्रान्तिकारी प्यानलकी अमृता ज्ञवाली २७० मत पाएर निर्वाचित हुँदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलकी स्नेहा विश्वकर्माले १४० मत पाइन् । यस्तै सदस्यहरुमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
सदस्यहरुमा अशोक थापा,सुमित बि।क।,परमशिला यादब,गुड्डु लोनिया र अश्मी थापा निर्वाचित भएका छन् । तीन क्याम्पसमा निर्वाचन भएको रुपन्देहीमा यो सँगै दुई स्थानको नतिजा आएको छ । यज्ञोदय क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ ।
प्रतिक्रिया