ताजा अपडेट »

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधबार, ०६ चैत्र २०८१, ०७ : २३
16 Shares
बुधबार, ०६ चैत्र २०८१
16 Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा अपरान्ह ०१ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन भने राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ  । 

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सु शाषन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाइ संसोधन गर्ने विधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘विधायन ब्यवस्थापन समितिको प्रतिबेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिंग कसुर तथा सजायँ (दोस्रो संसोधन) विधेयक, २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव र प्रतिानिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) विधेयक, २०८० लाई पारित गरियोसस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।