ताजा अपडेट »

‘राप्रपा आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ’

मंगलबार, ०५ चैत्र २०८१, २० : ५३
10 Shares
मंगलबार, ०५ चैत्र २०८१
10 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । 

अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर जाने छ ।’ उनले यो आन्दोलनमा समान विचार राख्ने अन्य राजनीतिक दल, समुह, व्यक्तिहरुलाई पनि सहकार्यका लागि आव्हान गरेका छन् ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।