ताजा अपडेट »

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

मंगलबार, ०५ चैत्र २०८१, २० : ४६
32 Shares
मंगलबार, ०५ चैत्र २०८१
32 Shares

पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो ।  

उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।