ताजा अपडेट »

बुटवल कन्सेप्ट पपले विविधि कार्यक्रम गर्ने

मंगलबार, ०५ चैत्र २०८१, २० : ३८
12 Shares
मंगलबार, ०५ चैत्र २०८१
12 Shares

बुटवल । द कन्सेप्ट क्लब एन्ड पप बुटवलले अफनो स्थापना भएको सात वर्ष पुरा गरेको अवसरमा  पारेर विशेष सांस्कृतिक कार्यक्रम र्कन्सर्ट गर्ने भएको छ ।  ७औं वार्षिकोत्सवको अवसरमा, बुटवलका युवा युवतिहरूलाई भरपुर मनोरजन दिने उदेश्यले नेपालकै प्रख्यात ब्याड अलवटस ब्ीदबतचयकक द्यबलम ल्याउने भएको हो ।

बुटबलमा नेपालीकला संगित संगै अन्तर्राष्ट्रिय संगीतको उत्कृष्ट आटिस ल्याउने भरपुर मनोरञ्न गराउने योजना रहेको छ । सात वर्ष अगाडी बुटवललाई  रात्रीकालिन मनोरञ्जन दिने उदेश्यले कन्सेप  क्लब स्थापना गरिएको सन्चालक अतित थापाले बताए ।

पछिल्ला वर्षहरूमा,नेपाली संगीतका  ख्यातीप्राप्त ठूला  ब्यान्ड भित्राएको थियो । जस्तै श्याडोज नेपाल, १९७४ एडी, अल्बाट्रोस, र जिन्दावादका साथै अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै एरोग्या, डीजे लीनाटा, र डीजे सी क्विनलाई  जस्का कलाकार ल्याउन सफल भएको संन्चालक थापाले बताए क्लबको स्थापना भएसंगै रात्रीकालिन रमाईलो र्गन काठमान्डौँ पोखरा जाने क्रम रोकिएको र बजार समेत चलायमान बनाउन  सहयोग पुगेको उनको भनाई छ ।  

क्लबको स्थापना भएपछी स्थानीय प्रतिभा देखाउने  अवसर मिलेको छ भने थुप्रै नयाँ कलाकारहरूको करियरको सुरुवात  समेत  गराउन सफल भएको छ। क्लबले प्रतिभाशाली कलाकारहरूलाई आफ्ना सीप  कला प्रस्तुत गर्न र दर्शकहरूलाई प्रत्यक्ष संगीतको जादू अनुभव गर्न मञ्च उपलब्ध गराउँदै आएको छ। रक र लोकगीतदेखि हिप हप र इलेक्ट्रोनिक जस्ता कला प्रर्दशन गराउदै आएको छ । 

जसले कन्सेप्ट रकबारमा संगित प्रेमीका लागी भरपुर मनोरञ्जन दिँदै आएको सन्चालक थापाको भनाई छ । काठमान्डौ केन्द्रित रात्रीकालिन मनोरञ्जन कार्यक्रमलाई बुटवल भित्राउने पहिलो रकबार रहेको  उनले दावी गरे । ७औं वार्षिकोत्सव मनाउँदै गर्दा, कन्सेप्ट रकबारले यात्राको अर्को अध्याय सुरू गर्न योजना रहेको छ । 

आगामी कार्यक्रमहरूको भरपूर तालिका र हाम्रा दर्शकहरूलाई उत्कृष्ट  मनोरञ्जन र अनुभव प्रदान गर्ने क्लबको प्रतिबद्धताका साथ,  आउने दिनहरू थप मनोरजन दिदै जाने सन्चालक थापाले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।