ताजा अपडेट »

जलबायू परिवर्तनका मुद्दालाई मिडियाले स्थान दिनुपर्दछः काउन्सील अध्यक्ष बस्नेत

मंगलबार, ०५ चैत्र २०८१, १५ : २९
18 Shares
मंगलबार, ०५ चैत्र २०८१
18 Shares

न्यूयोर्क । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई संचारमाध्यमहरुले  विशेष स्थान दिनुपर्ने आवश्यकता रहेको बताएका छन्  । 

पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै फाउण्डेशनको संयुक्त आयोजनामा हिमाल जोगाऔं, पृथ्वी बचाऔं विषयमा  अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यक्रममा बोल्दैं अध्यक्ष बस्नेतले भने–‘जलवायु परिवर्तनको असर हाम्रा हिमालहरुमा प्रष्ट देखिन थालेका छन् । सेता, चम्किला हिमालहरु दिनप्रतिदिन कालापहाड हु“दैछन् ।  अध्यक्ष बस्नेतले थपे –यसबारे विश्वको ध्यान खिच्न मिडियाले कभरेज बढाउनैपर्छ ।’ 

कार्यक्रमका वरिष्ठ पत्रकार बबिता बस्नेत अग्रज पत्रकार बबिता बस्नेतले  नेपालका हिमालहरू जलवायु परिवर्तनका कारण संकटमा परिरहेको भन्दै, तिनको दीर्घकालीन संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत पहल गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित,  पत्रकार अनिता बिन्दु,  कमला पन्थी,साहित्यकार निलम कार्की निहारिका,संघका महासचिव सन्जोग आचाय लगायतले बोल्दैं नेपालमा पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । 

नेपालका हिमालहरू हाम्रो सम्पदा मात्र नभई पृथ्वीको पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो भन्ने सन्देश उक्त कार्यक्रमले प्रवाह गरेको उनीहरुले  बताए ।

सो कार्यक्रममा  संस्थाकी अध्यक्ष प्रजिता कार्की पर्वतीय खेलकुद संघ न्यूयोर्कका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले कार्यक्रममा सहभागिहरुलाई स्वागत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।