ताजा अपडेट »

रुपन्देहीबाट २३ हजार विद्यार्थीले एसईईको परीक्षा दिने

मंगलबार, ०५ चैत्र २०८१, १६ : १५
102 Shares
मंगलबार, ०५ चैत्र २०८१
102 Shares

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यस वर्ष रुपन्देहीबाट करिब २३ हजार विद्यार्थी सहभागि हुने भएका छन् । 

यही चैत्र ७ गतेदेखि हुने एसईई परीक्षामा रुपन्देहीका १७६ सामुदायिक र १७० संस्थागत विद्यालय गरी कुल ३४६ विद्यालयबाट गरी २२ हजार ९७५ विद्यार्थी सहभागि हुन लागेका हुन्। रुपन्देहीमा विद्यालय छन् । 

यो संख्या गत वर्षको भन्दा ३ हजार २८० ले बढी हो । गत वर्ष रुपन्देहीबाट १९ हजार ६९५ विद्यार्थी सहभागि भएका थिए ।   शिक्षा विकास तथा समन्वय एकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेका अनुसार साधरण तर्फ २२ हजार ४५७ र प्राविधिक तर्फ ५१८ विद्यार्थीले एसईई दिन लागेका हुन् । 

साधरण तर्फ नियमितमा १७ हजार ५१८ र ग्रेडबृद्धिका लागि ४ हजार ९३९ विद्यार्थीले परीक्षा दिन लागेको प्रमुख बन्जाडेले बताए । यस्तै प्राविधिक तर्फ ४०३ जना नियमिति विद्यार्थी हुन भने बाँकी ११५ जनाले ग्रेडबृद्धिका लागि परीक्षा दिन लागेका हुन् । साधारण तर्फ ग्रेडबृद्धिका लागि २८४ जना विद्यार्थी २०८० साल भन्दा एसईई दिएका रहेको उनले बताए । 

साधारण तर्फ ५८ र प्राविधिक तर्फ २ वटा केन्द्र निर्धारण  गरिएको शिक्षा विकास तथा समन्वय एकाई रुपन्देहीका प्रमुख बन्जाडेले बताए 

यस्तै परीक्षा सम्पन्न गर्नका लागि २ हजार ९९५ जना जनशक्ति परिचालन गर्ने उनले बताए । एसईई परीक्षामा सुरक्षाकर्मी र अनुगमनकर्ता आवश्यक संख्यामा परिचालन हुने बन्जाडेले बताए ।  

बुटवलको  कान्ति माध्यमिक विद्यालयबाट मात्रै यस वर्ष ६२० जना विद्यार्थीहरुले एसईई दिने प्रध्यानाध्यापक गोविन्द ज्ञावलीले बताए ।

‘अहिले यहाँबाट ५७६ नियमित र ४४ जना खुल्ला गरी ६२० जना विद्यार्थीले परीक्षा दिँदै छन् । यो संख्या रुपन्देहीको मात्रै नभएर सम्भवत एउटा विद्यालयबाट मात्रै परीक्षामा सहभागि हुने संख्या देशभरमै बढी हो,’–उनले भने । 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।