ताजा अपडेट »

सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

मंगलबार, ०५ चैत्र २०८१, १४ : २८
146 Shares
मंगलबार, ०५ चैत्र २०८१
146 Shares

काठमाडौँ । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो ।

पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 
 
विशेष सूचनाका आधारमा राजधानीको झोरबाट  ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो । 

 प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट  खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।